एमालेको वडा केन्द्रित अभियान मंगलसेन ६ मा सम्पन्न

11
SHARES
59
VIEWS

निराजन भण्डारी  । नेकपा एमाले अछामले सञ्चालन गरेको ३ महिने वडा केन्द्रित अभियान अन्र्तगत कार्यकर्ता भेटघाट तथा आमसभा कार्यक्रम मंगलसेन नगरपालिका वडा नम्बर ६ मा सम्पन्न भएको छ । वडा कमिटी सदस्य राजु देवि भण्डारीको अध्यक्षातामा भएको कार्यक्रममा नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य शिव प्रसाद उपाध्याय प्रमुख अतिथी रहनु भएको थियो ।

प्रमुख अतिथीको आसनबाट बोल्दै उपाध्यायले आगामी निर्वाचनमा नेकपा एमालेलाई बलियो शक्तिका रूपमा स्थापित गर्न यो अभियानले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । जनतासँगको सम्बन्धलाई अझै मजबुत बनाउपर्ने बताउँदै उपाध्यायले मिसन ८४ सफल पार्न अहिले देखीनै नेता तथा कार्यकर्तालाई सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रमका बिशिष्ट अतिथी सविधान सभा सदस्य भैरे कामीले संगठन सुदृढीकरण,तथा जनताको चासो गुनासो संकलन गरी समाधानको गर्ने उदेश्यका साथ यो अभियान वडा केन्द्रित गरिएको बताउनुभयो । कार्यक्रमका अर्का बिशिष्ट अतिथी मंगलसेन नगरपालिका नगर प्रमुख पदम बोहराले नेतृत्वमा भएका राम्रा कामहरू जनतासम्म पुर्याउने र जनताको सुझाव संकलन गरी समृद्धिको योजना निर्माण गर्ने लक्ष्य सहित यो अभियान अघि बढाइएको बताउनुभयो ।

कार्यक्रममा सदुर पश्चिम प्रदेशका स्कुल बिभाग उपाध्यक्ष रतन प्रसाद ढुंगाना,जिल्ला कमिटि सदस्य तथा वडा नम्बर ६ का ईन्चार्ज पुस्पराज भण्डारी,मंगलसेन नगर कमिटि सचिब डम्बर रावल चन्द्र भण्डारी, शिक्षक संगठनका राजेश्वर भण्डारी, वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारी,सदस्य जन्मराज भण्डारी लगाएतका अतिथी रहनु भएको थियो । कार्यक्रमको संञ्चालन वडा कमिटी सचिब बेदराज भणडारीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार