नेपाल किसान महासंघ मंगलसेन नगर कार्यसमितिको अध्यक्षमा शाही चयन

16
SHARES
88
VIEWS

नेपाल किसान महासंघ मंगलसेन नगर कार्यसमितिको अध्यक्षमा पूर्णबहादुर शाही चयन हुनु भएको छ । मंगलसेनमा सम्पन्न महासंघको चौथो नगर अधिवेशनबाट शाहीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षहरुमा दान प्रसाद भाट, निर्मला भाट र झुप्री जैसी तथा सचिवमा रामबहादुर स्वार र रंग कामी चयन हुनु भएको छ । कार्यसमितिको सह सचिवमा सुवानाथ भण्डारी र कोषाध्यक्ष आरती चन्द्र शाह लगायत २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा गठन गरिएको हो ।

नेपाल किसान महासंघका जिल्ला अध्यक्ष नवराज देवकोटाको अध्यक्षता तथा कांग्रेस अछाम क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति पुष्पराज शर्माको प्रमुख आतिथ्यतामा भएको अधिवेशन मार्फत नयाँ कार्यसमिति चयन गरिएको हो । सभामा बोल्दै प्रमुख अतिथी शर्माले नयाँ कार्यसमितीका पदाधिकारीहरुलाई बधाई दिदै पार्टीलाई मजबुद बनाउनेगरी संगठन काम गर्न आग्रह गर्नुभयो ।

साथै उहाँले वास्तविक किसानका मागहरु पहिचानगरी उनीहरुको न्यायएका लागि काम गर्न सुझाब दिनुभयो । कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य रामबहादुर शाह, हिरण्य बोहरा, मिना ढुंगाना, नगर कार्यबहाक सभापति हेमराज भण्डारी,वडाध्यक्षहरु नर बहादुर भण्डारी,खकेन्द्र रावल, जिल्ला कार्यसमितिका आमन्त्रीत सदस्य लालबहादुर बिष्ट, पार्टीका नगर सचिव मिलन रावल, सहसचिव रामप्रसाद भाट, लोकतान्त्रीक अपांग महासंघका जिल्ला अध्यक्ष भोजराज भाट, प्रदेश कार्यसमितिका उपसभापति रामचन्द्र ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार