अछाममा १३ हजार ८ सय बढी किशोरीले एचपिभी खोप लगाए

7
SHARES
40
VIEWS

निराजन भण्डारी ।अछाममा १३ हजार भन्दा बढी किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाएका छन । माघ २२ गते देखी सञ्चालन भएको पोठघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क एचपिभी खोप अभियानबाट जिल्लाका १३ हजार ८ सय ९७ जना किशोरीले खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

स्वास्थ्य कार्यालय अछामले विद्यालयमा रहेका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका गरी १३ हजार ९ सय २१ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखेको थियो । तर २४ जना किशोरी घर भन्दा बाहिरी तथा प्रदेशमा रहेको कारण उनीहरु खोप लगाउनबाट बञ्चित भएको स्वास्थ्य कार्यालय अछामका निमित्त कार्यालय प्रमुख दिपेन्द्र जोशीले जानकारी दिनुभयो।

कार्यालय प्रमुख जोशीका  अनुसार पञ्चदेवल विनायक नगरपालिकामा १६ सय ४८ रामारोशन गाउँपालिकामा १५ सय ६६ मेल्लेख गाउँपालिकामा १६ सय ३१ साँफेबगर नगरपालिमा १५ सय २ जना किशोरीले एचपिभी खोप लगाएका छन ।

यस्तै चौरपाटी गाउँपालिका ११ सय ५६ मंगलसेन नगरपालिकामा १५ सय ६१ बान्नीगढी जयगढ गाउँपालिकामा ८ सय २७ कमलबजार नगरपालिका १४ सय २६ ढकारी गाउँपालिकामा ११ सय ७९ र तुर्माखाँद गाउँपालिकामा १४ सय २५ जना किशोरीले एचपिभी खोप लगाएका छन । पाठेघरको मुखको क्यान्सर दिन प्रतिदिन बढिरहेकाले यसबाट सुरक्षित रहन खोप महत्वपुर्ण रहेको बताउँदै स्वास्थ्य कार्यालय अछामका प्रमुख जोसीले खोप लगाउन छुटेका किशोरीहरुलाई नजिकैको स्वास्थ्य संस्थामा सम्र्पक गर्न आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार