टेक बहादुर थापा ।अछामको तुर्माखाद गाउँपालिका वडा न ५ नाडा निवासी ४१ बर्षिय भिम बहादुर भुलका दुईवटै मृगौलाले काम गर्न छोडेपछि आर्थिक सहयोगका लागि अपील गरेका छन । भक्तपुर जिल्लाको सहिद धर्मभक्त प्रत्यारोपण केन्द्रमा मृगौलाको डायलिसिस गराई रहनु भएका भुलले आफुलाई बचाउन सबैलाई आग्रह समेत गर्नुभएको छ ।
घरको आर्थिक अवस्था निकै कमजोर भएका भुल संग डायलिसिस गराउने पैसा नहुदा ठुलो समस्यामा छन ।
मृगौला पिडित भुलका काका गोपाल भुल अहिले आफ्नो भतिजालाई बचाइ दिन हार गुहार गरिरहनु भएको छ । गत माघ १० गते देखी सहिद धर्मभक्त प्रत्यारोपण केन्द्रमा मृगौला डायलिसिस गराई रहनु भएका भुल संग खाना खाने पैसा समेत नहुदा आफन्त संग चर्को ब्याजे रुपैया निकालेर उपचार गराई रहनु भएको छ ।
ऋण निकालेको पैसा पछि तिर्न सकिने अवस्था नभएकाले भुलका आफन्तले सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन । भिम बहादुरको मृगौला प्रत्यारोपण गर्नुपर्ने र त्यसका लागि ठुलो रकम आवश्यक पर्ने भएकाले सहयोग गर्न चाहाने मनकारी व्यक्तिले मृगौला पिडित भुलको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ४२६०१००१०४७०८०१० मा रकम जम्मा गरि सहयोग गरिदिन अनुरोध गरेका छन ।
Discussion about this post