गंगा माविलाई कक्षा १२ सम्म सञ्चालन गर्न ६ लाख बढी आर्थिक संकलन

9
SHARES
50
VIEWS

निराजन भण्डारी । गंगा माध्यामिक विद्यालय मंगलसेन नगरपालिका ६ मा कक्षा ११÷१२ सञ्चालन गर्नका लागी सुरु गरिएको आर्थिक सहयोग संकलन अभियान अन्तर्गत माघ १२ गतेसम्म ६ लाख २२ हजार ९ सय ९६ सय रुपैया संकलन भएको छ । कक्षा १० सम्म सञ्चालनमा रहेको विद्यालयलाई कक्षा ११÷१२ सञ्चालन गर्न बिद्यालयले आर्थिक सहयोग संकलन अभियान सुरु गरेको थियो । विद्यालयले साधारण सदस्य, विशिष्ट सदस्य, आजीवन सदस्य र सँस्थागत गरि ४ समुहमा विभाजन गरि आर्थिक सहयोग गरिदिन आग्रह गरेको थियो । जसमा विशिष्ट सदस्य बन्नका लागी ५ हजार रुपैया सहयोग गर्नुपर्ने विद्यालयले निर्णय गरेको थियो ।

आजीवन सदस्य बन्न ३ हजार,साधारण सदस्य बन्न वार्षिक रुपमा नवीकरण गनुपर्ने गरि ५ सय र सँस्थागत सदस्य बन्न २५ हजार रुपैया सहयोग गनुपर्ने विद्यालयले जनाएको छ । विभिन्न समुहमा गरि अहिलेसम्म १ सय ५० जना सहयोगीले यो अभियानमा सहयोग गरेका छन । माघ १२ गते गतेसम्मको तथ्याङ्क अनुसार ६ लाख २२ हजार ९ सय ९६ सय रुपैया विद्यालयको खातामा जम्मा भइसकेको प्रधानाध्यापक मोतिराम भण्डारीले जानकारी दिनुभयो ।

यो अभियान नियमित रुपमा सञ्चालन भईरहेको पनि भण्डारीको भनाई छ ।बालबालिकाहरुलाई कक्षा १० उत्तिर्ण पश्चात उच्च शिक्षाका लागि सदरमुकाम जानुपर्ने बाध्यताबाट मुक्त गर्नका लागि यो अभियान सञ्चालन गरिएको बिद्यालय प्रशासनले जनाएको छ । गाँउमै उच्च शिक्षा प्रदान गर्न सके अभिभावकको आर्थिक बचत हुने विद्यालयको विश्वास छ । यो पवित्र अभियानमा सबैले सहयोग गरि विद्यालयलाई कक्षा ११÷१२ सञ्चालनका लागि सहयोग गरिदिन विद्यालय प्रशासनले अपिल समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार