महिला टी–२० विश्वकप: नेपालले आज मलेसियासँग खेल्दै

7
SHARES
39
VIEWS

आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा नेपालले आज आयोजक मलेसियासँग खेल्दै छ । खेल मलेसियाको जोहोर एकेडेमी क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजेदेखि शुरू हुने छ । नेपाल र मलेसिया दुवै समूह चरणबाट बाहिरिसकेका छन् ।

मलेसिया समूह ‘ए’ को तथा नेपाल समूह ‘डी’ को चौथो स्थानका रूपमा प्लेअफमा आज खेल्न लागेका हुन् । पहिलोपटक विश्वकप खेलेको मलेसिया आयोजक टोली भएकाले सीधै विश्वकपमा स्थान बनाएको थियो । नेपालले एशिया छनोट जितेर विश्वकपमा प्रवेश गरेको थियो । यो विश्वकपको समूह चरणमा नेपाल,बङ्गलादेश,स्कटल्याण्ड र अस्ट्रेलियासँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार