अछामका किशोरीले बुझाए सरकारलाई ध्यानआकर्षण पत्र

19
SHARES
107
VIEWS

टेक बहादुर थापा । अछाम जिल्लामा रहेको जिल्ला स्तरिय किशोरी संजालले सरकारलाइ ध्यानआकर्षण पत्र बुझाएको छ । विहिबार किशोरी संजालका पदाधिकारीहरुले जिल्ला प्रशासन कार्यालय अछाम मार्फत सरकारको ध्यानआकर्षण गर्ने उदेश्यका साथ ध्यानआकर्षण पत्र बुझाएको हो । अछामका प्रमुखजिल्ला अधिकारी शिव प्रसाद लम्साल मार्फत ज्ञापन पत्र बुझाएर सरकारलाई खबदारी संगै ध्यान आकर्षण गराएको बताईएको छ ।

प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले गठन गरेको उप समितिको उप समितिले २०८१ माघ २ गते विवाहको उमेर हद २० बर्ष घटाएर १८ बर्ष मा झार्न दिएको सुझाव प्रति अछाम जिल्ला स्तरिय किशोरी संजालको गम्भिर ध्यानआर्कषण भएको भन्दै सरकारलाई खबदारी स्वारुप ज्ञापनपत्र बुझाइएको जिल्ला स्तरिय किशोरी संजालकी अध्यक्ष मनिषा बजगाईले बताउनुभयो ।

अध्यायन अनुसन्धान तथा वैज्ञानिक तथ्यका आधारमा कानुनी रुपमै विवाहको उमेर २० वर्ष तय गरिएकोमा कानुन बनाउने तह बाटै उक्त उमेर हद एका एक १८ बर्षमा झार्ने बहस अगाडी बढ्नु अत्यान्तै दुखद रहेको सरकारलाई बुझाईएको ज्ञापन पत्रमा भनिएको छ ।

संजालले यस्ता गम्भिर विषयमा निर्णय गर्नु भन्दा अगाडी सोच विचार गर्न समेत सम्बन्धित निकायलाई आग्रह गरेको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा किशोरी संजालका पदाधिकारी सहित महिला तथा किशोरीका क्षेत्रमा कामगर्दै आएको संस्था समविकास नेपालका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार