मानव अधिकार तथा शान्ति समाज अछामको २०औं साधारण सभा सम्पन्न

11
SHARES
61
VIEWS

टंक प्रसाद रिमाल अछाम , ३० कार्तिक । मानव अधिकार तथा शान्ति समाज अछामको २०औं साधारण सभा आज शुक्रवार  मंगलसेनमा सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाज अछामका सभापति  जय बहादुर बोगटीको अध्यक्षता तथा  जिल्ला समन्वय समिती अछाम का प्रमुख ललित बहादुर कुवरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने सहभागीहरुले पछिल्लो समयमा देशमा जताततै वेथिति मैलाउदा दण्डहिनताको अन्त्य हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छ्न । यसको साथै मानव अधिकार तथा शान्ती समाज अछामले आफ्ना कार्यक्रमहरु समाज संग जोडेर लजानु पर्ने सुझाब दिएका छन।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवरले मानव अधिकार लोकतन्त्र विना मानव अधिकारको प्रत्याभूति हुन नसक्ने बताउनुभयो ।उहाँले मानव अधिकार बोल्न नसक्ने र बोल्न सक्ने सवैलाई आवश्यक भएको बताउनुभयो ।

त्यसै गरि कार्यक्रमका प्रमुख बक्ता एवम बिशिस्ट अतिथी राम कृष्ण बरालले राजनितिक दलहरु प्रति जनताको वितृष्णा पलाएको भन्दै राजनीति दलहरू सुधिर्नु पर्नेमा जोड दिनुभयो। जनयुद्ध लाई जोड्दै कुनै पनि दलको स्थापना दिवस आम नागरिकले मनाउन नहुने भन्दै सर्ब पक्षीय आम नागरिकको देनले ल्याइएको शान्ती पुनर्स्थापना भएको दिनलाइ बरु शान्ती दिवस मान्न र मनाउन आग्रह गर्नु भयो। त्यसै गरि मानव अधिकार तथा शान्ती समाजले अन्यायका बिरुद्द पिडितका पक्षमा वकालत गर्दै आफ्ना कार्यक्रमहरु सर्बपक्षिय ढंगले समाज संग जोडिएर जानू पर्ने बताउनु भयो। गलत का बिरुद्द खबरदारी गर्नु सबैको कर्तब्य रहने बताउनु भयो।

“बिकास को अधिकार : अहरणिय अधिकार “भन्ने नारा बोकेको शान्ती समाजको साधारण सभामा बिशिस्ट अतिथी तुर्माखाद गा पा का निबर्तमान अध्यक्ष एवम शान्ती समाजका आजिवन सदस्य पुष्प राज शर्मा , शान्ती समाजका केन्द्रिय सचिब एवम अछाम प्रतिनिधि प्रकाश शाह ,ने क पा माओवादी प्रदेश कमिटी सदस्य शिव बोगटी , शान्ति समाजका सदस्य वृद्धि संयोजक मदन कुवर, प्राज्ञिक बिद्यार्थी परिषद नेपालका प्रदेश ७ सह-सचिब श्याम भक्त भाट लगाएतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

शान्ती समाजका सदस्य गिता हमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा  बार्षिक  प्रगति प्रतिवेदन  समाजका सभापति जय बहादुर बोगटीले प्रस्तुत गर्नु भएको थियो । शान्ती समाज संग जोडिएका विभिन्न पक्ष र ब्यक्तीहरुको सहभागिता रहेको कार्यक्रमको संचालन समाजका सचिब डम्बर बोगटीको संचालन मा सम्पन्न भएको थियो।

साधारण सभाले पुनः जय बहादुर बोगटी को सभापतित्वयमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपसभापतिमा गंगा कुमारी कुवर, सचिवमा डम्बर बोगटी सहसचिवमा दिनेश बि क कोषाध्यक्षमा तुलसी नाथ  रहेका छन ।
त्यसैगरी समितिको सदस्यहरुमा बद्री रिमाल, गिता हमाल, भगवती भाट, तिलुदेबी स्वार, मान ब. बुढा, बसन्त जैसी सर्ब सम्मत चुनिएका छ्न ।
त्यसै गरि सल्लाहकारमा पुष्पराज शर्मा, खकेन्द्र प्रसाद भण्डारी र मनकला न्यौपाने ढुंगाना चुनिएका छ्न। सो अवसरमा नवनिर्वाचिन सभापति  जय बहादुर बोगटीले आफुले मानवअधिकारको क्षेत्रमा निरन्तर काम गरेको हुनाले आउँदा दिनमा पनि ससक्त रुपमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार