पञ्चदेवल बिनायक नगरपालिकामा अनिश्चित तालाबन्दी

9
SHARES
50
VIEWS

बिप्लब निकट नेपाल कम्युनिस्ट पार्टीले पञ्चदेवल बिनायक नगरपालिकामा तालाबन्दी गरेको छ ।

१३ वटा बुदा सार्बजनिक गर्दै बिप्लब माओबादिले आज नगरपालिकामा तालबन्दी गरेको हो ।

नगरपालिकामा पटक पटक विकास निर्माण लगाएत काममा ध्यानाकर्षण गराउँदा समेत नगरप्रमुख/ उप प्रमुखले कार्यकर्ता पालनपोषण गर्न बाहेक अरु केहि नगरेकाले नगरपालिकाको कार्यालयमा तालाबन्दि गरिएको नेपाल कम्युनिस्ट पार्टिका केन्द्रीय प्रतिनिधि सदस्य निरक सिले आरोप लगाएका छन ।
यस्ता छन् १३ वटा बुदा
१ .जनप्रतिनिधी र कर्मचारी बिच बिवाद सिर्जना गरि नगरपालिकालाइ निजि स्वार्थको साधन बनाएको
२ .नगरमा कर्मचारी भर्नाको नाममा आफन्त र पार्टिको भर्ती केन्द्र बनाएको
३ .बोका काण्ड बिरुवा काण्ड , कर्मचारी काण्ड अनुदान काण्ड लगाएत बिकास निर्माणको नाममा ब्रह्मलुट गरेको
४ .फोहोर ब्यवस्थापनकालागी आउने बजेट हिनामिना गरेको
५ .विद्युत बिस्तारको नाममा लाखौं रकम हिनामिना गरेको
६ .सुचनाको हक कुण्ठित गरेको
७ .सुचना स्न्चार भ्रमण भत्ता यातायात इन्धनको नाममा नगरको करोडौं रकम दुरुपयोग गरेको
८ . उत्पादन मुलक क्षेत्रमा बजेट बिनियोजन नगरेको
९ .सरकारी गाडी निजि काममा प्रयोग गरेको
१० .नगर सरकार जनताप्रती जिम्मेवार र उत्तरदायी नभएको
११ .युवालाइ स्थानिय स्तरमा रोजगारी सृजना नगरेको
१२ .दशै तिहारको मुखमा पनि तलब निकासा नदिएको
१३ .पटक पटक राखिएका मागहरुप्रती बेवास्ता गरेको
अग्नि खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार