कमलबजार ५ मा आयाेजित देउडा सांस्कृतिक कार्यक्रम सम्पन्न

16
SHARES
88
VIEWS

निराजन भण्डारी अछाम । कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकामा इन्द्रजात्राकाे अवसरमा आयाेजित देउडा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

देउडा संस्कृति जोगाउन आज इन्द्र जात्रा बिसर्जनकाे दिनमा आयाेजित कार्यक्रममा देउडा गायीका धाैली बयक र गायक खकेन्द्र उपाध्याय लगायतका अन्य देउडा गायक बिच घम्साघम्सी देउडा खेल भएको वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले जानकारी दिनुभयो ।

स्थानीय कला,संस्कृतिको जगेर्ना र कलाकारको संरक्षणको लागि वडा सरकारले यस्ता सांस्कृतिक कार्यक्रमलाई प्राथमिकतामा राखेको वडा अध्यक्ष तिमिल्सेैनाले बताउनुभयो ।

पछिल्लो पुस्तामा आएर देउडा खेल्ने संस्कृति लोप हुन लागेको भन्दै वडा अध्यक्ष तिमिल्सैनाले यस्ता पुराना संस्कृतिको जगेर्ना गर्न वडा सरकार प्रतीबद्ध रहेकाे बताउनुभयो ।

आज भएको देउडा सांस्कृतिक कार्यक्रममा स्थानीय नागरिक सहित अन्य ठाउँका देउडा प्रेमीकाे सहभागीता रहेकाे थियोे ।

काेराेना महामारीका बेला देखि बन्द भएका मेला पर्व पछिल्लो समय अछामका अधिकाँस ठाउँमा हुन थालेका छन । देउडा संस्कृति अछाम सहित सुदूरपश्चिमका लागि लोकप्रिय पहिचान हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार