निराजन भण्डारी अछाम । हरिनगर ठुलासेन बजार व्यवस्थापन समितीकाे बैठक विभिन्न निर्णय गर्दै शनिबार ठुलासेनमा सम्पन्न भएको छ ।
बजार व्यवस्थापन समितिका अध्यक्ष हेमराज भण्डारीकाे अध्यक्षतामा भएको बैठकले विभिन्न निर्णय समेत गरेकाे छ।
बैठकले विगतका बर्षझै यस बर्ष पनि घाँसे मेला मनाउने,मेलामा न्याउले खेल लगाउन देउडा गायीका बाेलाउने,मेला व्यवस्थापनकाे लागि वडामा गठित आदर्श युवा क्लब र प्रहरी परिचालन गर्ने लगायतका निर्णय गरेको हाे ।
यस्तै मदिरा सेवन गरी होहल्ला गरेर मेलालाई बिथोल्ने अमर्यादित बनाउने व्यक्तिलाई कानुन अनुसार कार्बाही गरिने बजार व्यवस्थापन समितिले जनाएको छ ।
बैठककाे प्रमुख अतिथिमा मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष देवेन्द्र प्रसाद भण्डारी रहनुभएकाे थियाे ।
बैठकमा बाेल्दै वडा अध्यक्ष भण्डारीले असाेज १ गते लाग्ने मेलालाई मर्यादित,शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबैेले आ-आफ्नाे भुमिका निर्बाह गर्नुपर्ने बताउनुभएको छ ।
ठुलासेन बजारकाे व्यापार प्रर्वधन,मौलिकपन र स्थानीय संस्कृतिको संरक्षण गराउने मुख्य उदेश्य सहित मेलाकाे आयाेजना गर्न लागिएको बताउनुभयो ।
मेला असाेज १ गते बिहान १० बजेदेखि साँझ ८ बजेसम्म लाग्ने बजार व्यास्थापन समितीका सचिव रबिन्द्र ढकालले जानकारी दिनुभयो ।
सचिव ढकालका अनुसार मेलामा महिला पुरुषबीच देउडा,न्याउले खेल हुने जसका लागि देउडा गायीका बाेलाइने पनि बताएको छ ।
हरेक बर्षको कन्या संक्रातीका दिन लाग्ने मेलामा अछामी संकृती संग जोडिएका देउडा खेल,न्याउले खेल खेलिनुका साथै टाढा टाढा रहेका आफन्तजन संग भेटघाट हुने गरेको छ ।
बैठकमा,जनप्रतिनिधि,राजनीति दलका प्रतिनिधि,व्यापारी,समाजसेवी,पत्रकार,सुरक्षाकर्मी लगायतकाे सहभागीता रहेकाे थियोे ।
Discussion about this post