कांग्रेस अछामका प्रवक्ता र  समन्वय प्रमुख विच कुटाकुट

64
SHARES
353
VIEWS

काठमाडाैं । अछाम जिल्ला समन्वय समितिका प्रमुख ललित कुँवर घाईते भएका छन् ।

नेपाली कांग्रेस अछामका प्रवक्ता पदम शाहले मदिरा सेवन गरेर प्रमुखमाथी हातपात गरेका हुन्।

शनिबार राती ११ बजे जिल्ला समन्वयको कार्यालयमा मदिरा सेवन गरेपछि दुई जना विच कुटाकुट भएर प्रमुख कुँवरको टाउकोमा चोट लागेको छ ।

प्रमुखको कार्यालय भित्रै रहेको निवासमा प्रमुख र प्रवक्ता शाहले मदिरा सेवन गरेर एक आपसमा कुटपीट गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी इश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

कांग्रेस जिल्ला प्रवक्ता शाहले प्रमुखलाई मदिराको बोतल प्रहार गरेपछि टाउकोमा चोट लागेको हो ।

जिल्ला अछाम अस्पतालका अनुसार प्रमुख कुँवरको टाउकोमा ४ टाका लगाइएको छ ।

अवस्था खतरामुक्त रहेर अस्पतालबाट विहान डिस्चार्ज गरीएको प्रहरीले जनाएको छ ।

दुवै जनालाई छलफलको लागि विहान ११ बजे जिप्रका अछाम बोलाईए पनि उनिहरु आएनन् । प्रहरी भण्डारीले भने विवादको विषय थाहा छैन ।उनिहरुले मदिरा सेवन गर्नु भएको थियो । कान्तिपथ मिडियाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार