निराजन भण्डारी । अछाम जिल्लाकाे मंगलसेन नगरपालिका वडा नम्बर ६ काे प्रसिद्ध मालिका मन्दिरमा करिब १ हजार भन्दा बढी भक्तजनले पूजाआजा गरेका छन् ।
आज विहानैदेखि लाइनमा बसेर भक्तजनले पूजा गरेको मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जनकराज भण्डारीले जानकारी दिनुभयो ।
जिल्लाका विभिन्न स्थानका भक्तजनले मालिका मन्दिरमा आएर पूजा गरेको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।
मन्दिरमा भक्तजनको भिडभाड ब्यवस्थापन गर्न प्रहरीलाई खटाइएको थियोे ।
जिल्लाकाे धार्मिक क्षेत्रकाे रूपमा प्रसिद्ध मालिका मन्दिरमा देवीको दर्शन गरी वर माग्दा आफ्नो मनोकाङक्षा पूरा हुने धार्मिक विश्वास रहेको वडा अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीले बताउनुभयो ।
Discussion about this post