अछाममा एसईई ग्रेडवृद्धि परीक्षाकाे तयारी पुरा

8
SHARES
43
VIEWS

निराजन भण्डारी अछाम । श्रावण २३ अर्थात भाेली देखि सुरु हुने एसईई ग्रेडवृद्धि परीक्षा सञ्चालनका लागि अछाम जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ ।शिक्षा विकास तथा समन्वय इकाई अछामले परीक्षाका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको हो।

परिक्षाकाे तयारी अन्तर्गत केन्द्राध्यक्षकाे जिम्मेवारी प्रदान देखि प्रश्नपत्र र उत्तरपुस्तिका परिक्षा केन्द्र पठाउने काम सकिएको शिक्षा विकास तथा समन्वय इकाई अछामका सुचना अधिकारी सुरेन्द्र बजगाईँले जानकारी दिनुभयो ।

उहाँले परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गर्नुभयो । सुचना अधिकारी बजगाईँका अनुसार श्रावण २३ अर्थात भाेली बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म सञ्चालन हुने परीक्षा श्रावण ३१ गते सम्पन्न हुने छ ।

यस बर्षकाे एसईई ग्रेडवृद्धि परिक्षामा अछाम जिल्लाबाट १३ सय १६ जना छात्र तथा १५ सय ८१ जना छात्रा गरी जम्मा २८ सय ९७ जना विद्यार्थी सहभागी हुने भएका छन ।

जिल्लामा परिक्षा सञ्चालनकाे लागि जाल्पा देवी मावि ढाकूँ,बिद्यामन्दीर मावि विनायक ,ने रा मावी चाफामाण्डौ,कालिकेश्वरी मावि तुर्माखाँद,राधा मा वी बोगटीगाउँ,षोडशा देवी मावि मंगलसैन,जनकल्याण मावि साँफेबगर र सूर्यचन्द्र मावि कालीमाटीलाई परीक्षा केन्द्र तोकिएको छ ।

यस्तै प्राविधिक धार तर्फबाट परीक्षा दिने सबै परिक्षार्थीहरुको परीक्षा केन्द्र षाेडशा मा,वि मंगलसेनमा कायम गरिएको छ।

यस बर्षकाे एसइई ग्रेडवृद्धि परीक्षामा सबै भन्दा बढी १८ सय ७४ जना विद्यार्थीले गणित बिषयकाे परिक्षा दिने भएका छन भने अँग्रेजिमा १७ सय ९६ नेपालीमा ८ सय ५९ विज्ञानमा १२ सय ६१ सामाजिकमा ८ सय ४ अर्थशास्त्रमा ८ सय ५६ ऐच्छिक गणितमा ३९ जनसङ्ख्यामा १० वातावरणमा २, लेखामा २ सय २३ ,शिक्षामा ५७ ,स्वास्थ्यमा १४, कम्प्युटर ५६ ,र कृषिमा ३४ जनाले परीक्षा दिने सूचना अधिकारी बजगाईँले जानकारी दिनुभयो ।

पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुने छ । परिक्षालाई व्यवस्थित,मर्यादित,निष्पक्ष,भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्ष लगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको शिक्षा विकास तथा समन्वय इकाई अछामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार