मंगलसेनमा रहेको एभरेष्ट ईन्स्टिच्युटमा एसईई पूरक परिक्षाकाे तयारी गरिरहेका विद्यार्थीहरुकाे बिदाइ गरिएको छ ।
ट्युसन सेन्टरका सञ्चालक दिपेन्द्र जैगडीकाे अध्यक्षतामा शनिबार अछाम बहुमुखी क्याम्पसकाे सभाहलमा विद्यार्थीकाे बिदाइ कार्यक्रम गरिएको हाे ।
करिब १ महिना सम्म ट्युसन कक्षा लिइएका विद्यार्थीकाे शनिवार एक औपचारिक कार्यक्रमका बीच विदाई गरिएको ट्युसन सेन्टरले जनाएको छ ।
सबै विद्यार्थीलाई एभरेष्ट ईन्स्टिच्युटकाे तर्फबाट एउटा डायरी र कलम वितरण गरिएको थियोे भने विद्यार्थीहरुले सम्झना स्वरुप ट्युसन सेन्टरलाई भित्ते घडी वितरण गर्नुभएको थियोे ।
कार्यक्रममा बाेल्ने शिक्षकहरुले विद्यार्थीकाे शैक्षिक सफलताकाे कामना गर्दै १ महिनासम्म पढेका कुरालाई मनन गरेर परिक्षा दिन सुझाव समेत दिएका थिए ।
शिक्षक,विद्यार्थी,पत्रकार लगायतको सहभागीता रहेकाे कार्यक्रमकाे सञ्चालन शिक्षक खेम जैगडीले गर्नुभएको थियोे । एसईईकाे माैका परिक्षा यहि साउन २३ देखी ३१ गते सम्म सञ्चालन हुदै छ ।
Discussion about this post