अछाम प्रहरीद्वारा लागुऔषध सहित ३ जना पक्राउ

14
SHARES
76
VIEWS

निराजन भण्डारी ।  अछाममा पछिल्लो समय लागुऔषध काराेवारमा संलग्न व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका छन ।

केही दिन अगाडि मात्र मंगलसेनबाट एक जाेडीलाई लागुऔषध सहित पक्राउ गरेको अछाम प्रहरीले फेरी बिहिवार थप ३ जनालाई पक्राउ गरेको छ ।

बिहिवार अस्थायी प्रहरी पाेष्ट ठुलासेन र गैरीटाँडबाट खटिएको टाेलीले २ सय ४७.५४ ग्राम चरेस सहित ३ जनालाई पक्राउ गरेको हो ।

विशेष सुचनाका आधारमा खटिएको प्रहरी टोलीले २ सय ४७.५४ ग्राम चरेस बरामद गरी उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

पक्राउ हुनेमा डाेटी दिपायल  घर भइहाल मंगलसेन नगरपालिका वडा नम्बर ५ बस्दै आएका २३ बर्षीय अरुण जङ्ग टेलर,कमलबजार नगरपालिका वडा नम्बर ६ काे गैरीटाँड बजारमा बस्दै आएका ६७ बर्षीय गाेरे चलाउने र ५९ बर्षीय कलम शाही रहेका छन् ।

उक्त परिमाणको लागुऔषध चरेस  सहित पक्राउ परेका निज व्यक्तिकाे शरीर तथा पसलमा खान तलासी गर्ने क्रममा लुकाई छिपाई राखिएको अवस्थामा प्रहरीले भेटाएकाे हाे ।

पक्राउ परेका निज व्यक्तिहरु माथी थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार