निराजन भण्डारी । अछामका एक जना सव-ईन्जिनियरले जन्मदिनको अवसरमा फलफूल वितरण गरेका छन ।
जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय अछाममा कार्यरत नरेश थापाले आफ्नाे जन्मदिनको अवसरमा साहरा विहिनलाई फलफूल वितरण गरेका हुन ।
कमलबजार नगरपालिका वडा नम्बर ५ घर भएका सव-ईन्जिनियर थापाले कैलालीकाे बर्दगाेरिया गाउँपालिकाकाे बाैनियामा रहेको साहरा घरमा गएर त्यहाँ रहेका साहरा विहिन नागरिकलाई फलफूल वितरण गरेकाे बताएका छन ।
ठुलो होटलमा अथवा फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा एकछाक खाना समेत नपाउने साहरा विहिनलाई फलफूल वितरण गरेर सानो सहयोग गरेको थापाले बताएका हुन ।
सामाजिक तथा पराेपकारी काम गरेर समाज रूपान्तरणको सुरुवात आफैबाट गर्नुपर्ने उनको सुझाव रहेकाे छ ।
Discussion about this post