जन्मदिनको अवसरमा फजुल खर्च गर्ने बानीलाई तोड्दै राष्ट्रिय स्वतन्त्र पाटी कमलबजार कार्यसमितिका उपसभापति चेतराज ढकालले उदाहरणीय काम गर्नुभएको छ ।
उहाँले आफ्नो जन्मदिनको अवसरमा कमलबजार नगरपालिका वडा नम्बर ८ डुङ्गालाका शारीरिक रूपमा अपांग झँकर साउदलाई शैक्षिक सामाग्री वितरण गरेका छन ।
कमजोर आर्थिक अवस्था तथा शारीरिक रूपमा अपांग भएका साउदकाे पढाइ लेखाइमा सहज हाेस भन्ने हेतुले शैक्षिक सामग्री प्रदान गरिएको ढकालकाे भनाइ रहेकाे छ ।
राेजगारीकाे शिलशिलामा भारतमा रहेका ढकालले शैक्षिक सामाग्री वितरण गरिदिन भनी उहाँका आफन्त बालाराम ढकाललाई करिब २ हजार आर्थिक रकम पठाउनुभएकाे थियोे ।
शैक्षिक सामाग्री अन्तर्गत कापी,कलम,सिशाकलम,लगायत सामाग्री वितरण गरिएको समाजसेवी बालाराम भण्डारीले जानकारी दिनुभयो ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पाटीका युवा नेता निर्मल बिष्टकाे पनि सहभागीता रहेको थियोे ।














Discussion about this post