निराजन भण्डारी अछाम : आगामी साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने एसईई पूरक परीक्षाका लागि अछाममा ८ ओटा केन्द्र निर्धारण गरिएका छन् ।
जिल्ला परीक्षा समन्वय समितिले एसईई पूरक परीक्षाका लागि ८ ओटा केन्द्र निर्धारण गरेको शिक्षा विकास तथा समन्वय इकाइ अछामका सूचना अधिकारी सुरेन्द्र बजगाईँले जानकारी दिनुभयो ।
जाल्पा मावि ढाँकु ,विद्यामन्दिर मावि विनायक,ने.रा.मावि चाफामाण्डाैँ,कालिकेश्वारी मावि तुर्माखाँद,राधा मावि बाेगटीगाउँमा केन्द्र निर्धारण गरिएको छ ।
यस्तै पाेड्शादेवी मावि मंगलसेन,जनकल्याण मावि साँफेबगर,र सुर्यचन्द्र मावि कालिमाटीमा पनि केन्द्र निर्धारण गरिएको सूचना अधिकारी बजगाईँले बताएका छन ।
एसईई पूरक परीक्षामा अछामबाट साधारण तथा प्राविधिक धारका गरी जम्मा ३ हजार ५ सय ३० जना परीक्षार्थी सहभागी हुने भएका छन ।
सबै बिषयमा पूरक परीक्षा दिन पाइने व्यवस्था भएपछि विद्यार्थी संख्याको आधारमा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाइ अछामले जनाएको छ ।
प्राविधिक धारबाट पुरक परिक्षा दिने विद्यार्थीकाे लागि पाेड्शा मावि मंगलसेनलाई परिक्षा केन्द्र ताेकिएकाे छ ।
परिक्षा केन्द्रहरु
Discussion about this post