विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

18
SHARES
102
VIEWS

निराजन भण्डारी

अछाम । अछामकाे मंगलसेन ५ स्थित रहेको षाेड्शा माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

सुनिल बुढाले रचना गर्नुभएको ,,सहर जाने बाटाे ,,खण्डकाव्य
बिक्री गरेर संकलित भएको रकमबाट विद्यालयमा आश्रित बालबालिका तथा दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झँकर प्रसाद भाटकाे अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा आश्रित १५ जना बालबालिका र ४ जना दृष्टिविहीन विद्यार्थीलाई झाेला र एक दर्जन कापी सहयोग गरिएको अभियान्ता बम बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

शैक्षिक सामग्रीहरू वितरण गरेर विद्यार्थीलाई पढाइ लेखाइमा प्रोत्साहन दिलाउने कार्य गरेकाे भन्दै विद्यालय प्रशासनले अभियान्ता विश्वकर्मालाई धन्यवाद समेत दिएको छ ।

कार्यक्रममा शैक्षिक सामाग्री वितरणका अभियान्ता प्रविन चन्द विद्यालयका प्रधानाध्यापक बृकेश सिंह बोगटी अन्य शिक्षक पत्रकार लगायतको सहभागीता रहेको थियोे भने कार्यक्रममा भाेजराज ढुंगाना र जगत नेपालीले सहजिकरण गरेका थिए ।

यस्तै लेखक सुनिल बुढाकाे सहर जाने बाटो खण्ड‌काव्य पुस्तकलाई मंगलसेन नगरपालिकाले ५० प्रती अछाम बहुमुखी क्याम्पसले १०
प्रती पाेड्शा माविले १० प्रती दिपशिखा बोडिङ स्कुलले ३ प्रति , स्टार बोडिङ स्कुलले५ प्रती पुस्तक राखेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार