निराजन भण्डारी अछाम । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मंगलसेन अछामले वित्तीय साक्षरता कार्यक्रम सम्पन गरेको छ ।
वित्तीय संस्थाका बचतकर्ता खेग कुमारी उपाध्यायकाे अध्यक्षता तथा क्षेत्रीय कार्यालय अतरियाका प्रमुख नवराज जैरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
वित्तीय साक्षरता कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय कार्यालय प्रमुख जैसीले लघुवित्त बाट पाउने सेवा,सुविधा तथा कुनै पनि व्यवसाय गर्दा हुन सक्ने जोखीमहरु बाट कसरी बच्ने,वित्तीय सहजता ल्याउन का साथै कर्जा कसरी लिने र पैसा कसरी बचाउन सकिन्छ भन्ने लगायतका विषयमा प्रशिक्षण गराउनु भएको थियोे ।
यस्तै कार्यक्रममा संस्थाका शाखा प्रमुख मनु अर्यालले हालसम्म संस्थाले गरेकाे गतिविधि बारेमा जानकारी गराउनु भएको थियोे ।
आगामी दिनमा पनि सर्बसाधारण नागरिकको आर्थिक स्थितिलाई मजबुत बनाउन नयाँ नयाँ कर्जा कार्यक्रम ल्याउने बताएको छ ।
कार्यक्रमका सहभागीहरुले निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ज्येष्ठ नागरिक,अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउने जस्ता महत्त्वपुर्ण कार्य गरिरहेकाे भन्दै संस्थालाई धन्यवाद समेत दिएका थिए ।
संस्थाले सहज र सरल तरिकाले नागरिकलाई सेवा सुविधा दिइरहेकाे भन्दै उनीहरूले याे कार्यलाई निरन्तरता दिइराख्न सुझाव समेत दिएका थिए ।
कार्यक्रममा पत्रकार टेक बहादुर थापा ,निराजन भण्डारी निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका कर्मचारी र बचतकर्ताहरुकाे सहभागिता रहेकाे थियोे भने कार्यक्रमकाे सञ्चालन लेखापाल परेक राज सञ्ज्यालले गर्नुभएको थियोे ।
Discussion about this post