नवीन चिरागकाे एक नयाँ गजल 

26
SHARES
147
VIEWS

नवीन चिराग

आराधना गरु कि साधना  गरु भन

कुन फूल लिएर तिम्रो वन्दना गरु भन

यादमै यी नेत्रहरु टिलपिल भएर आए

भन्देउ हियरा कस्तो सम्झना गरु भन

जाँ जान्छौ जाउ तिमी औंला छोएर जाउ

यो भन्दा बढी के के चाहना गरु भन

बोल्ने जिह्वा नै छैन देख्ने नयन छैनन्

कुन भावको लहरले याचना गरु भन

प्यासी छु भन्छौ तिमी डढेलो भित्र म छु

कुन बलले प्यास मेट्ने कामना गरु भन

कल्पिदै जीवन गयो कल्पिदै तिमी गयौ

अब म कस्ता कस्ता कल्पना गरु भन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार