रमिता बि क : कमलबजार, असार ५ : न्याय निरूपणका लागि मेलमिलाप कर्ताहरूलाई ४ दिने मेलमिलाप सम्बन्धी पुर्नताजकीय तालिमकाे कमलबजार नगरपालिकामा बुधबार समापन भएको छ । कमलबजार नगरपालिका तथा न्यायक समिति सचिवालय कमलबजारको आयोजनामा न्याय निरूपणका लागि मेलमिलापकर्ताहरूलाई चार दिने मेलमिलाप सम्बन्धी पुुर्नताजकीय तालिमकाे कमलबजार नगरपालिकामाआज समापन भएको हो।
असार २ गतेबाट सुरु भई ५ गते समापन भएको तालिममा नगरपालिकाका १२ महिला र १८ जना पुरुष गरी जम्मा ३० जनाको सहभागिता रहेको उजुरी प्रशासक राम बहादुर बिष्टले बताउनुभयो।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक शारदा कुमारी बिष्टले स्थानीय विवाद निरूपणका लागि वडा तथा नगरस्तरमा छिट्टै मेलमिलाप पक्षको स्थापना हुने बताउनुभएको छ। बिष्टले पुनताजकीय तालिमले समाज मेलमिलाप र सुदृढ बन्ने विश्वास व्यक्त गर्नुभयो। तालिममा सिकेको ज्ञानलाई व्यवहारमा उतार्न पनि उहाँले आग्रह गर्नुभयो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख यज्ञ प्रसाद ढकाले कमलबजार नगरपालिकाको कानुन तथा मानव अधिकार सुनिश्चितका लागि आजदेखि चार दिने पूर्णताजकीय तालिम सुरु गरेको बताउनुभएको छ। रुपान्तरण गर्ने कुराका लागि आफ्ना आचरण व्यवहारमा रुपान्तरित हुन आफूले आफूलाई सुधार्न पर्ने सुझाव दिनुभयो। आगामी आर्थिक वर्षको बजेटमा नगरका पाँचवटा वडामा मेलमिलाप कक्षको स्थापना हुने नगर प्रमुख ढकालले उद्घोष गर्नुभयो।
यस्तै तालिममा एक सहभागी कमलबजार नगरपालिका वडा नम्बर १ का सर्प विष्टले न्याय निरूपणका लागि मेलमिलाप कर्ताहरूलाई ४ दिने मेलमिलाप सम्बन्धी पुर्नताजकीय तालिमले आफूलाई क्षमतावान बनाएको कुरा उल्लेख गर्दै समाजमा हुने झैझगडा अत्याचार लगायतका विषयलाई आफूले चेतनामूलक सन्देश दिएर उन्मुलन गर्न तथा मेलमिलाप गर्न मद्दत पुग्ने बताउनुभएको थियो।
अर्की एक सहभागी कमबजार नगरपालिका वडा नम्बर ५ कुईकाकी विष्णु भण्डारीले मेलमिलाप तालिममा सिकेका कुरालाई आफ्नो व्यवहारमा कार्यान्वयन गर्ने बताएकी छन्। साथै उनले मेलमिलाप तालिमले धेरै कानुन तथा मेलमिलापका कुराहरू सिक्न पाएको र समाजमा मेलमिलापको सुरुवात आफैबाट गर्ने बताएकी छन्।
नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक शारदा कुमारी बिष्टको अध्यक्षतामा समापन भएको कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख यज्ञ प्रसाद ढकाल रहनुभएको थियो भने तालिमको सञ्चालन उजुरी प्रशासक राम बहादुर बिष्टले गर्नुभएको थियो।
Discussion about this post