सहकारी संस्थाका पदाधिकारीका लागि सञ्चालित लेखा व्यवस्थापन सम्बन्धी ५ दिने तालिम कमलबजारमा सम्पन्न

24
SHARES
136
VIEWS

रमिता बि क कमलबजार, जेठ ३२ ; सहकारी संस्थाका पदाधिकारीहरूलाई लेखा व्यवस्थापन सम्बन्धी ५ दिने तालिमको कमलबजारमा आज समापन भएको छ ।

कमलबजार नगर कार्यपालिकाको कार्यालय सहकारी शाखा कमलबजार तथा सुदूरपश्चिम प्रदेश नेपालको आयोजनामा सहकारी संस्थाका पदाधिकारीहरूलाई लेखा व्यवस्थापन सम्बन्धी पाँच दिने तालिमकाे कमलबजार नगरपालिकामा आज समापन भएको हो ।

जेठ २८ गते सुरु भएको तालिम ३२ गते समापन भएको छ ।नगरपालिकाका ११ वटा सहकारीका २० जना पदाधिकारीहरूलाई लेखा व्यवस्थापन सम्बन्धी पाँच दिने तालिम दिएको हो।सहकारीका २० जना पदाधिकारीहरूलाई सहकारीको उद्देश्य नियम र फाइदा लगायतका विषयमा प्रशिक्षण दिएको थियो।

यस्तै तालिममा नेपालमा प्रचलित सहकारी लेखा प्रणालीका उत्तम अभ्यासहरूबारे जानकारी हुने, सहकारी संस्थाहरूको लेखा प्रणालीलाई व्यवस्थित र सुदृढीकरण गर्न, सञ्चालक र लेखा तथा सुपरिवेक्षण समितिलाई दक्ष बनाउने, सहकारीका चार खाता अनुसार दोहोरो लेखा राख्न सक्षम हुने, सहकारी विभागले हालै जारी गरेका ऐन नियमहरू ग्रहण गर्न सक्षम बनाउने, लगायतका उद्देश्यले तालिमको आयोजना गरेको सहकारी प्रमुख सुनिल कुँवरले बताउनुभयो ।

तालिमको अध्यक्षता ग्रहण गर्दै कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले नगरपालिकाभित्र रहेका केही सहकारी हरू दर्ता नभएका तथा नवीकरण नगरिएका भएकाले सहकारीहरुलाई दर्ता तथा नवीकरण गरेर चलाउन सुझाव दिनुभएको थियो साथै उहाँले पछिल्लो समयमा सहकारी ठगिने प्रविधि बढ्दो क्रममा रहेकाले आफ्नो सहकारी संस्थाको हिसाब पदाधिकारीहरूले क्लियर राख्नुपर्ने बताउनुभएको छ। तालिममा सिकेका कुरालाई कार्यान्वयन गर्न पनि उहाँले आग्रह गर्नुभयो।

नगर उपप्रमुख शारदा कुमारी बिष्टले नगरका ११ वटा सहकारीका पदाधिकारीहरूलाई लेखा सम्बन्धी कारोबारमा हिसाब क्लियर उद्देश्यले आयोजना गरिएको यो तालिमले सहभागीहरूलाई थप ज्ञान प्रदान गरिएको बताउनुभएको छ। सहकारीका पदाधिकारीहरूले सहकारीको उद्देश्य तथा महत्त्व बुझेर आफ्नो संस्थालाई चलाउनुपर्ने बताउनुभएको छ।

नगरका ११ वटा सहकारी संस्था मा सेयर सदस्यहरू बढाउनको लागि आम नागरिकलाई विश्वास दिलाउन योग्य काम गर्नुपर्ने बताउनुभएको छ।नगरका प्रवक्ता एवं कमल बजार नगरपालिका वडा नं ५ का वडाध्यक्ष सत्यराज तिमिल्सैनाले लेखा व्यवस्थापन सम्बन्धी तालिमले सहकारीका पदाधिकारीहरूलाई अगाडि बढ्नको लागि मद्दत पुग्ने बताउनुभएको छ।

साथै उहाँले सहकारीका अन्यलतालाई बुझेर अगाडि बढ्नुपर्ने बताउनुभयो । सहकारीका सेयर सदस्यहरूको बचतको दुरुपयोग हुन नदिन समेत सुझाव दिनुभएको थियो।

निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर बिष्टले लेखा व्यवस्थापन सम्बन्धी यस तालिमले पदाधिकारीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै सहकारीको सम्पत्ति सङ्कलन गर्न संस्थागत सुशासनलाई सुदृढ बनाउन मद्दत पुग्ने बताउनुभएको छ।

लेखा व्यवस्थापन सम्बन्धी पाँच दिने तालिममा सहकारीको विषयमा थप जानकारी पाएको र यसले आफूलाई सहकारी चलाउन विशेष मद्दत पुग्ने सहकारीका पदाधिकारीहरूले बताएका थिए।

नगर प्रमुख यज्ञप्रसाद ढकालको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रशिक्षण प्रदेश बचत तथा ऋण सहकारी सङ्घ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष सुरत बहादुर खड्काले दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार