खच्चर उद्धारमा साहसिक काम गरेका दुई प्रहरी पुरस्कृत

6
SHARES
36
VIEWS

खच्चर उद्धारमा साहसिक काम गरेका दुई प्रहरी पुरस्कृत भएक छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले खच्चर उद्धारमा साहसिक काम गरेका दुई प्रहरीलाई पुरस्कृत गरेको हो।

अछामको पञ्चदेवल विनायक नगरपालिका ९ स्थित कर्णाली नदिको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा जेठ २७ गते पुलमै फसेका १३ खच्चडको उद्धार गरेका दुई जना प्रहरीलाई अभिलेखमा रहने गरि नगद सहितको पुरस्कार प्रदान गरेको हो। जोखिम भएर पनि प्रहरी सहायक निरीक्षक राम सिंह फराल र प्रहरी हवल्दार गंगाराम चौधरी डगौराले खच्चरको उद्धार गरेका थिए।

उनीहरुले प्रहरी संगठनको निती निर्देशन अनुरूप उच्च अनुशासनमा रहि अदम्य साहसका साथ खच्चरको उद्धार गरेर संगठनको प्रतिष्ठा बढाएको भन्दै उक्त कार्यको उच्च मुल्यांकन गर्दै प्रदेश प्रहरी कार्यालयले नगदसहित उनिहरुलाई पुरस्कृत गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।dineshkhaber

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार