अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चालीत मुडा बनाउने तालिम कमलबजारमा सम्पन्न

9
SHARES
51
VIEWS

कमलबजार नगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई सिपमुलक मुडा बनाउने तालिम दिइएको छ ।

जिविकोपार्जनमा सहयोग पुगोस भन्ने उदेश्यले (ग)र( घ) बर्गका अपाङ्गता परिचपत्र प्राप्त ८ जना लाई तालिम दिइएको हाे

पालिकाको आर्थिक बर्ष २०८०/८१ को अपाङ्गता तर्फको लक्षित वर्ग तर्फ विनियोजित २ लाख १५ हजार बजेट बाट महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाको समन्वयमा तालिम सञ्चालन भएको हो ।

तालिममा सहभागी भए पश्चात कमलबजार नगरपालिका वडा नं १० कि कल्पना धमाला जैसीले आफुलाई जिविकोपार्जन गर्न सहज हुने बताउनु भयो ।

१५ दिन सम्म सञ्चालन भएको तालिममा सहभागीले सक्रिय रुपमा बुडा बनाउन सिकेका थिए । स्थानिय कच्चा पदार्थको प्रयोग गरि स्वरोजगार तथा आत्मनिर्भर बनाउन र अपाङ्गता भएका व्यक्तिले पनी केही उदारणीय काम गर्न सक्छन भन्ने सन्देश दिन तालिमको आयोजना गरिएको नगर स्तरिय अपांङ्गता सञ्जालका अध्यक्ष खिन्ते बिकले बताउनु भयो ।

१५ दिने तालिमको आज एक कार्यक्रमका विच समापन गरिएको छ । कमलबजार नगरपालिकाका उपप्रमुख शारदा बिष्ट कुँवरको अध्यक्षतामा भएको समापन कार्यक्रमकाे प्रमुख अतिथीमा नगरप्रमुख यज्ञप्रसाद ढकाल रहनु भएको थियो ।

प्रमुख अतिथीको आशन बाट बोल्दै ढकालले तालिममा सिकेको सिपलाई प्रयोग गर्न सहभागीलाई अनुरोध गर्नु भयो । तालिमको समापन कार्यक्रममा उपप्रमुख कुँवरले तालिममा सिकेको सिपलाई प्रयोग गरि व्यवसाय गर्न चाहनेलाई आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

समापन कार्यक्रमको सञ्चालन कमलबजार नगरपालिकाका महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख डम्मरा ढुंगानाले गर्नुले भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार