अछामको कमलबजार नगरपालिकमा राष्ट्रिय परिचय पत्र विवरण दर्ता तथा वितरण सम्बन्धी अस्थायी स्टेशन एक कार्यक्रमका विच उद्धाटन गरिएको छ ।
जिल्ला प्रशासन तथा ईलाका प्रशासन कार्यालय बाहेक पालिका स्तर बाट सञ्चालन भएको नेपालकै पहिलो राष्ट्रिय परिचय पत्र विवरण दर्ता तथा वितरण अस्थायी स्टेशनको आज सुदूरपश्चिम प्रदेश सरकारका मुख्य सचिव हरि प्रसाद लम्सालले उद्धाटन गर्नु भयो ।
कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको उद्धाटन समारोहमा अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालको बिशेष उपस्थिती रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथीको आशन बाट बोल्दै सचिब लम्सालले सरकारले सामाजिक सुरक्षा लाभग्राहिका लागी श्रावण महिना बाट अनिवार्य राष्ट्रिय परिचय पत्र नम्बर पेश गर्नु पर्ने निती लिएको र दिर्घकालिन रुपमा नागरिकता प्रमाणपत्र लाई विस्थापन गरी एकिकृत रुपमा राष्ट्रिय परिचय पत्र वितरणमा स्टेशनले थप सहयोग पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।
आज देखी औपचारिक रुपमा स्टेशनको सञ्चालनमा आए संगै यस क्षेत्रका कमलबजार नगरपालिका तथा तुर्माखाद र ढकारी गाँउपालिकाका नागरिक लाई सेवा लिन सहज हुने भएको छ ।
विभाग र पालिका विचको संयुक्त प्रयासमा स्थापना भएकोे स्टेशन बाट प्रथम पटक कमलबजार नगरपालिकामा कार्यरत उद्यम सहजकर्ता पुष्पा सापकोटाको राष्ट्रिय परिचय पत्र विवरण दर्ता भएको स्टेशनमा कार्यरत एम आई एस अपरेटर लक्ष्मण विष्टले बताउनु भयो ।
राष्ट्रिय परिचय पत्र सम्बन्धी अव देखी नियमित सेवा सञ्चालन हुने भएकाले आम नागरिक लाई सेवा लिन अपरेटर बिष्टले आग्रह गर्नु भयो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र कमलबजार नगरपालिका विच गत महिना बैशाख १७ गते राष्ट्रिय परिचय पत्र विवरण दर्ता तथा वितरण सम्बन्धी अस्थायी स्टेशन सञ्चालन गर्नका लागी सम्झौता भएको थियो ।कमलबजार दैनिक
Discussion about this post