पालिका स्तरिय स्थानिय बाल अधिकार समितिको बैठक कमलबजारमा सम्पन्न

14
SHARES
75
VIEWS

रमिता बि क,
कमलबजार,जेठ २७ : पालिका स्तरिय स्थानिय बाल अधिकार समितिको बैठक कमलबजार नगरपालिकामा सम्पन्न भएको छ । स्थानिय बाल समिति कमलबजारको आयोजना तथा आस्था नेपाल वल्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको समन्वयमा पालिका स्तरिय स्थानिय बाल अधिकार समितिको बैठक कमलबजार नगरपालिकामा आईतबार सम्पन्न गरिएको हो ।
आज भएको पालिका स्तरिय स्थानिय बाल अधिकार समितिको बैठकमा वडा तथा पालिका स्तरको बाल सञ्जाल क्रियासिल बनाउने,जोखिम बालबालिकाको तंथ्याकं संकलन गर्ने,जोखिममा रहेका बालबालिकालाई सहयो गर्ने,बाल कोष परिचालन गर्ने,रुपान्तरण कक्षा संंञ्चालन गर्ने,बाल मैत्रि वडा घोषणा गर्ने लगाएतका बिषयमा छलफल गरिएको थियो ।
बैठकमा बोल्दै नगर उपप्रमुख तथा बाल अधिकार समिति संयोजक शारदा कुमारी बिष्टले बालबालिकाका समस्याहरुलाई पहिचान गरि जोखिममा परेका बालबालिकाहरुलाई सयोग गर्ने बताउदै आगामि बर्षको बजेटमा बालबालिकाको क्षेत्रलाई पहिलो  प्राथमिक्तामा राख्ने जनाउनु भयो ।
यस्तै नगरका प्रवक्ता एवम् कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकाका वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले बालविवाह न्यूनीकरण गर्नका लागि आफ्नो वडामा निरन्तर जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताउनुभएको छ । यस्तै बालविवाह अन्त्य गर्ने उद्देश्यले उमेर पुगेर विवाह गर्ने विवाहित जोडीलाई सम्मानित गर्दै आइरहेको जनाउनुभएको छ । साथै उहाँले बालविवाह रोकथामका लागि बालबालिकाहरूका समस्याहरू पहिचान गर्नुपर्ने र नगरपालिकाले पनि विशेष पहल गर्नुपर्ने आग्रह समेत गर्नुभएको छ ।
यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्र बहादुर बिष्टले नगरपालिकाभित्र जोखिममा परेका बालबालिकाको तथ्याङ्क सङ्कलन गरी उनीहरूलाई आवश्यक सहयोग गर्न वडा तथा नगरपालिकासँग आग्रह गर्नुभएको छ। साथै उहाँले बालविवाह गर्ने र गराउनेलाई कानुनले तोकेको सजाय नदीएसम्म बालविवाहको अन्त्य नहुने बताउनुभएको छ ।
कमलबजार नगरपालिकाका नगर उपप्रमुख एवं बालअधिकार समिति संयोजक शारदा कुमारी बिष्टको अध्यक्षतामा भएको कार्यक्रमकमा सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य,वडा सदस्य, विभिन्न राजनीतिक दल ,नगरपालिकाका विभिन्न विषयगत शाखाका शाखा प्रमुख, आस्था नेपाल वल्ड भिजन इन्टरनेसनल नेपालका पदाधिकारी, सञ्चारकर्मी सुरक्षाकर्मी लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख डम्बर ढुंगानाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार