जेष्ठ २६ निराजन भण्डारी अछाम
अछामकाे कमलबजारमा सञ्चालित दुई दिने आँखा शिविर सम्पन्न भएको छ ।२ दिनसम्म सञ्चालन भएको शिविरमा ७ सय ७८ जनाले सेवा लिएका छन् ।
नेपाल नेत्र ज्योति संघ अछाम तथा गेटा आँखा अस्पतालको सहयोग र कमलबजार नगरपालिका तथा स्वास्थ्य कार्यालय अछामको आयोजनामा शिविर सञ्चालन गरिएको थियोे ।
शिविरमा ३ सय ८० पुरुष र ३ सय ९८ महिलाले सेवा लिएका
नेपाल नेत्र ज्याेती संघ अछामका अध्यक्ष शंकर बहादुर रावलले जानकारी दिनुभयो ।
रावलका अनुसार शिविरमा १ सय १९ जनाकाे शल्यक्रिया गरिएको र उनीहरूलाई आवश्यता अनुसार चस्मा र औषधी पनि वितरण गरिएको छ । आफ्नै घरआगनमा सेवा लिन पाउदा नागरिक खुशी भएका छन ।
शिविरमा कमलबजार नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, ढकारी र तुर्माखाद गाउँपालिकाका नागरिकले सेवा लिएका छन् ।
Discussion about this post