भारतको नैनितालमा गाडी दुर्घटना हुँदा सात जना नेपालीको घट्नास्थलमै ज्यान गएको छ। नैनिताल जिल्लामा भएको दुर्घटनामा सात नेपालीसहित ८ जनाको ज्यान गएको हो।
मृतक नेपालीहरू ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन्।
सोमवार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको भारतीय सञ्चार माध्यामहरुले बताएका छन्।
Discussion about this post