फाइनलमा गुजरातलाई नेपालले दियो १सय ७७ रनको लक्ष्य

23
VIEWS

काठमाडौँ : भारतको गुजरातमा जारी एसएमएस फ्रेण्डसिप कपको फाइनलमा नेपालले गुजरातलाई १ सय ७७ रनको लक्ष्य दिएको छ ।

नेपालले गुजरातलाई १ सय ७७ रनको लक्ष्य दिएको छ । गुजरातको वापीमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट पारी खेले । ४७ बलको सामना गरेका उनले ५ चौका र ४ छक्का सहित सर्वाधिक ७४ रन बनाए । यस्तै, कुशल मल्लले कुशल मल्लले १३ बलमा अविजित ३१ रन बनाए । त्यस्तै, आसिफ शेखले ३४, कुशल भुर्तेलले १९,

सन्दीप जोरा दीपेन्द्र सिंह ऐरीले सात/सात रन जोडे । उनीहरूमध्ये जोरा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार