दिपेन्द्र ऎर
कैलाली। धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग कालोपत्रे काम तिब्र गतीमा गर्ने थालिएको छ । सो सडकअन्तर्गत धनगढी–स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो ।
चालु आर्थिक वर्षमा सङ्घीय सरकारले सडक निर्माणका लागि भनेर रु २५ करोड बजेट निकासा गरेपछि कालोपत्रको काम सुरु गरिएको सडक आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले जानकारी दिए । उक्त सडकखण्ड एक महिनाभित्रै कालोपत्र सम्पन्न हुने गरी धमाधम काम भइरहेको उनले बताए।
Discussion about this post