काठमाडौं । भारतमा जारी एसएमएस फ्रेण्डसीप कप टी–२० क्रिकेटमा नेपालले लगातार तेस्रो जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।
आज (बुधबार) सुरु भएको खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा पुगेको हो ।
बरोडासमेत सहभागी प्रतियोगितामा शीर्ष दुईमा रहने टोलीले फाइनलमा स्थान बनाउनेछ । नेपाल ६ अंकमा शीर्ष स्थानमा छ । नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार बरोडासँग खेल्नेछ ।
Discussion about this post