काठमाडौँ । भारतको गुजरातमा जारी त्रिकोणत्मक मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले गुजरातलाई १८२ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन जोड्यो ।
नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ४४ बलमा ६७ रन जोड्दा शेखले ५१ बलमा ८५ रनको योगदान दिए ।
Discussion about this post