कैलाली: दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएपछि स्थानीय आन्दोलित बनेका छन् ।
गत शुक्रवार दार्चुलाको शैल्यशिखर नगरपालिका १ बारिलमा गोठालो जाने क्रममा घाइते भएकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा मृत्यु भएको हो ।
उनको मृत्युपछि स्थानीयले उचित क्षतिपूर्तिको माग गर्दै गोकुलेश्वर–गन्ना सडकमा अवरोध सिर्जना गरेका छन् ।
घाइते भएकी तितराको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधवार बिहान निधन भएको हो ।
Discussion about this post