काठमाडौँ- आज (सोमबार) नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सबीचको टी-२० सिरिजको अन्तिम खेल आज हुँदैछ । टियु मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि शुरु हुने छ ।
आयरल्याण्ड उल्भ्सले यसअघिका दुवै खेल जितेर सिरिज जितिसकेको छ । आयरल्याण्ड उल्भ्सले सिरिजको पहिलो खेल २१ रनले जितेको थियो भने दोस्रो खेल ४० रनले जितेको थियो ।
आज सिरिजको तेस्रो खेलमा नेपाल ‘ए’ले विजयी लयमा फर्किने प्रयास गर्नेछ ।
Discussion about this post