काठमाडौँ: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । चैत २७ गतेसम्म सञ्चालन हुने एसइईको पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. महाश्रम शर्माले परीक्षालाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न सबैलाई आह्वान गरेका छन् ।
आज ‘बिहीबारदेखि’ देशभर एकसाथ सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । भयरहित भएर ढुक्कसँग परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गर्दछु’, शर्माले भने, ‘साथै परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउने विद्यार्थी, शिक्षक, अभिभावक र सबै नागरिकमा आह्वान गर्दछौँ ।’
परीक्षा दिने ५ लाखभन्दा बढी
राष्ट्रिय परिक्षा बोर्डले चैत १५ गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।
Discussion about this post