काठमाडौँ : नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आगामी ४ देखि १३ साउनसम्म श्रीलंकामा हुने एसिया कप खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सामाजिक सञ्चालनमाफर्त् नेपाली महिला टिमले एसिया कप खेल्ने जानकारी दिएको हो।
श्रीलंकाको दमबुल्लाहमा हुने प्रतियोगितामा ८ समूह सहभागी छन्। जसमा नेपाल, भारत, पाकिस्तान र युएई समूह ए मा छन् भने बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड समूह बीमा छन्।
नेपालले पहिलो खेल ४ साउनमा पाकिस्तानसँग खेल्नेछ।
Discussion about this post