धनगढीका मेयर हमालको जेठी छोरी भारतको गोवाबाट सम्पर्कविहीन।

6
SHARES
35
VIEWS

दिपेन्द्र ऎर

धनगढी,  । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कबिहीन भएकी छिन् ।

मेयर हमालले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफ्नो जेठो छोरी खोजी गरिदिन अनुरोध गरेका हुन् । हमालका अनुसार उनको छोरी आरती हमाल ओशो ध्यान गर्न केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् ।

उनी सम्पर्कबिहीन भएको  उनको साथीबाट जानकारी पाएपछी  उनले खोजीकार्यमा सहयोग गर्न गोवा बस्दै आएका नेपाली समुदायसँग अपिल गरेका छन् ।

आरतीको खोजीका लागि हमालको कान्छी छोरी र ज्वाइँ गोवामा पुगेको पनि उनले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार