भारतीय बजार वनगाउँको एक पसलमा नेपाली महिलाको नाङ्गो भिडिओ खिचियो।

16
SHARES
89
VIEWS

दिपेन्द्र ऎर 

धनगढीः नेपाल- भारती सीमा बजार वनगाउँमा एक नेपाली महिलाको नाङ्गो भिडिओ खिचिएको छ। धनगढीसँग सीमाना जोडिएको बजार वनगाउँमा लुगा खाद्यान्न जस्ता सामान सुपत मुल्यमा पाइने भन्दै नेपाली हरुको त्यहाँ किनमाल गर्नेको निकै भिडभाड देखिन्छ ।
सोही मौका छोपी धनगढीबाट कपडा किन्न उक्त बजार गएकी महिलाको पसलमा काम गर्ने युवाले नाङ्गो भिडिओ बनाएका हुन्।

वनगाउँ स्थानीयका अनुसार बिहीवार दिउँसो ३ बजेको समयमा घटना भएको हो। वनगाउँमा रहेको नयन एण्ड सन्स कपडा पसलमा काम गर्दै आएका सत्यम गुप्ताले एक नेपाली महिलाको नाङ्गो भिडिओ बनाएको भन्दै पक्राउ गरिएको छ।
उनले कपडा पसलको लुगा फेर्ने ठाउँमा अँध्यारो भएकाले महिलालाई मोबाइल दिएका थिए। मोबाइलमा बत्ती बालेर महिलालाई दिएका गुप्ताले भिडिओसमेत बनाएको फेला परेको हो। उनले नेपाली महिलाको कपडा फेर्दै गरेको नाङ्गो भिडिओ बनाएका थिए।

भारतीय प्रहरीमा नेपाली महिलाले खबर गरेपछि उनलाई नियन्त्रणमा लिइएको छ। उनीसँगै पसलका सञ्चालक निरज गुप्तालाई समेत भारतीय प्रहरीले बोलाएको छ।

भारतीय प्रहरीले नेपाली महिला र भारतीय युवक तथा पसलका सञ्चालकलाई सोधपुछ गरेको छ। भारतीय प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको वनगाउँका एक व्यापारीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार