भारततिर भाग्न खोज्दा सीमा क्षेत्रबाट समातिए महरा ।

5
SHARES
27
VIEWS

काठमाडौं: नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा भारततिर भाग्न खोज्दा सीमा क्षेत्रबाट समातिएका छन्।

सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले माओवादी उपाध्यक्ष महरामाथि पनि मुद्दा चलाउन सिफारिश गरेको थियो। आयोगले चैत १  गते प्रतिवेदन बुझाएसँगै महराले चलखेल शुरू गरेका थिए।

गृहमन्त्री रवि लामिछानेले जाँचबुझ आयोगको प्रतिवेदन पढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए। त्यसको भोलिपल्ट प्रधानमन्त्री दाहाललाई प्रतिवेदन बुझाएका थिए। प्रधानमन्त्रीसँगको भेटमा गृहमन्त्री लामिछानेले माओवादी उपाध्यक्ष महराका विषयमा पनि कुराकानी गरेको स्रोतले जनाएको छ।

त्यसपछि महरा भाग्न खोजेका थिए। उनले काठमाडौं छोडेको खबर प्रहरीमा पुगेको थियो। “काठमाडौं छोडेको र भारततिर भाग्न लागेको खबर आइतबार आएको थियो,” प्रहरी उच्च स्रोतले जानकारी दिए।

त्यसपछि प्रहरीले सबै सीमानाकामा कडाइ गरेको थियो। देशभरका सीनानाकामा आइतबार दिउँसोबाटै प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले नाकामा कडाइ गरिरहेको चाल नपाएका महरा सोमबार बिहान भैरहवा नाका भएर भारततिर भाग्ने तयारीमा थिए। “भैरहवा नाका भएर भारत भाग्न खोज्दा सीमा क्षेत्रबाट समातेका छौं,” प्रहरी उच्च स्रोतले भन्यो। भैरहवा नजिकै कपिलवस्तुको सीमा क्षेत्रबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पूर्व सभामुख समेत रहेका महरालाई सोमबार पक्राउ गरिएको प्रहरी महानिरीक्षक वसन्त कुँवरले पुष्टि गरिसकेका छन्। आज महरालाई काठमाडौं ल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार