नेत्र बहादुर रावलको ‘ए साली बोली जा पन’ गितको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

12
SHARES
68
VIEWS

धनगढी । अछाम जिल्ला मंगलसैन नगरपालिका १२ बिकृमा जन्मीनु भएका डेउडा गायक नेत्र बहादुर रावलको तेस्रो डेउडा कोसेली  ए साली बोली जा पन  गितको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बिषेश फिल्स प्रालीको युटुब च्यानबाट बजारमा आएको उक्त गितमा गायक रावलको आफनै लय र स्वर रहेको छ भने उक्त गितमा शब्द जोग सोडारीको रहेको छ । उनलाई चर्चित गायिका शोभा थापाले उक्त गितमा स्वरमा साथ दिनुभएको छ ।

Open photo

भिम बिष्ट अछामी रेखाको निर्देशनमा बनेको उक्त म्युजिक भिडियो मा हेमराज अधिकारी खन्ट्या खलास,भिम बिष्ट अछामी रेखा,शोभा थापा,सिना मगरको रहेको छ ।

बिषेश रेर्कडिङ स्टुडियो बाट रेर्कड भएको उक्त गितले हाम्रो समाजमा रहेका यथार्थ घटनाहरु लाई चित्रण गरेको छ । गायक रावलले पहिलो गितको रुपमा कोही छैन साहारा बोलको ठाडी भाका बजारमा ल्याएका थिए । सो गित थोरै भएपनि दर्षकको माया पाएपछि आफुले देउडा गित प्रति अझै रुची बढेको बताए । आफु सानै उमेर देखि गित संगित प्रेमी भएको बताउदै रावलले भने सानेै उमेरमा त सपना पुरा गर्न सकिन अहिले प्रबासमा भएपनि आफनो सपना र चाहाना पुरा गरेको छु ।

Open photo

अरुले गायका गितहरु सुन्दा गाउने रहर जागेको बताउदै रावल भन्छन मैले आफनो रहर पुरा गर्न प्रदेश आउनु पर्यो । पारिवारीक परिस्थीतीले आफुले चाहेको समयमा गितहरु गाउन नसकेपनि अहिले जिवनको आधा उमेर पुगेर भएपनि मैले मेरो रहर पुरा गरे  । दोस्रो गितको रुपमा आफुले  बिराना मुलुक बोलको डेढउडा गित बजारमा ल्याएको उनले बताए ।

उनले भने म भर्खरै सिक्न खोज्ने मान्छे हु गितहरु थोरै भ्युउज आएपनि खुसी लाग्छ । गायक रावल हाल  भारतको मुम्बैमा बस्दै आउनु भएको छ । उनले आफनो गितलाई सिकारु सहर हेरेर सुझाब सल्लाह दिन आग्रह गरेका छन ।

(भिडियो सहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार