काठमाडौं: त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग भिड्दै छ ।
आज(शनिबार) बिहान साढे ११ बजेदेखि सुरु हुने नेपाल र नेदरल्यान्ड्सबीचको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । त्रिकोणात्मक सिरीजको नेदरल्यान्ड्सविरुद्ध पहिलो खेलमा नेपाल २ रनले हार व्यहोरेको थियो ।
त्रिकोणात्मक सिरीजको फाइनलमा पुग्न नेपालले आज नेदरल्यान्ड्सलाई हराउनु पर्नेछ । त्यसैले पनि नेपाल नेदरल्यान्ड्सविरुद्धको खेलमा जित्नैपर्ने दबाबमा हुनेछ । नेपालले यदी नेदरल्यान्ड्सलाई पराजित गरे फाइनल पुग्ने सम्भावना बलियो हुनेछ ।
तर, नेपालले नेदरल्यान्ड्सलाई जितेर मात्रै भने फाइनल प्रवेश गर्नेछैन । किनकि नेदरल्यान्ड्सले नामिबियासँग आइतबार खेल्नेछ । उक्त खेलमा नेदरल्यान्ड्सले नामिबियालाई पराजित गरेको स्थितिमा भने नेपाल फाइनल पुग्नेछ ।
नेदरल्यान्ड्ससँग झिनो मतान्तरले नेपाल पराजित भए पनि फाइनल खेल्ने सम्भावना भने जीवितै रहन्छ । नामिबिया नेदरल्यान्ड्ससँग पराजित भए नेपालले फाइनल खेल्नेछ ।
Discussion about this post