कैलालीमा प्रहरी सहायक निरीक्षकबाट कुटिए ट्रकका सहचालक।

12
SHARES
68
VIEWS

धनगढी ।कैलालीको खानीडाँडा अस्थाया प्रहरी पोष्ट कार्यरत असईले मध्यराति बिच सडकमै एक जना सहचालकमाथि कुटपिट गरेका छन् ।

दुई जना प्रहरीले ट्रकका सहचालकमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ ।

अस्थायी प्रहरी पोष्ट खानीडाँडाका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) मिनबहादुर रावतले ट्रकका सहचालक रोशन बिष्टमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो ।

रावतले केहीदिन अगाडि खानीडाँडामा राति ११ बजेतिर ट्रक इन्ट्री गर्ने क्रममा बिष्टमाथि कुटपिट गरेको बुझिएको छ । भिडियोमा सादा पोशाकमा देखिएका रावतले बोल्दै आउँदैन् ? भन्दै कुटपिट गरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार