धनगढी: लामो समयदेखि सुदुरपश्चिमका दुरदराजमा गुञ्जने दिनेश खबरले आज (मंगलबार )६ वर्ष पूरा गर्दै ७ औँ वर्षमा प्रवेश गरेको छ।
२०७४ साल फागुन १४ गतेदेखि सुरु भएको दिनेश खबरले ६ वर्ष पूरा गर्दै ७ औँ वर्षमा प्रवेश गरेको हो। सुदूरपश्चिमको विकास र समृद्धिका मुद्धाहरुलाई पहिलो प्राथमिकता दिदै आएको दिनेश खबरले अझ सशक्त रुपमा अगाडी बढ्ने जनाएको छ। दिनेश खबरले आगामी दिनमा अझ बलियो र खवरदारी पत्रकारिता गर्दै सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका मुद्धाहरु उठाउने दिनेश सञ्चार गृहले जनाएको छ।
साथै दिनेश खबरलाई यहाँससम्म पुर्याउन सहयोग गर्ने पाठक विज्ञापनदाता सहयोगी शुभेच्छुक सबैलाई सञ्चार गृहले धन्यावद दिदै आगामी दिनमा पनि यस्तै सहयोग र मायाको अपेक्षा गरेको छ। विविध चुनौतिको सामना गर्दै दिनेश खबरले सक्रियतापूर्वक काम गरेको भन्दै सञ्चार गृहले संस्थामा कार्यरत सम्पूर्ण पत्रकार एवं कर्मचारीहरुलाई धन्यवाद समेत दिएको छ।
Discussion about this post