नेदरल्यान्ड्सँग नेपाल आठ विकेटले पराजित।

5
SHARES
27
VIEWS

काठमाडौँ: आईसीसी क्रिकेट विश्व कप लिग– २ प्रतियोगिताको आईतबारको खेलमा नेपाली टोली पराजित भएको छ। नेदरल्यान्ड्सले नेपाललाई आठ विकेटको फराकिलो अन्तरले हराएको हो। जितसँगै नेपाललाई उछिन्दै नेदरल्यान्ड्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि एक सय ७२ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले ३७.५ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार