काठमाडौं। दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ले क्यानडा ११ लाई पराजित गरेको छ।
मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको रोमाञ्चक खेलमा नेपाल ‘ए’ले क्यानडा ११ लाई २ विकेटले पराजित गरेको हो । यससँगै ३ खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा भने नेपाल ‘ए’ क्यानडा ११ सँग पराजित भएको थियो।
२४१ रनको लक्ष्य नेपालले ४९.१ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले। जोराले ६६ र बसिरले ५२ रन बनाए। रासिद खान ४७ रनमा आउट भए । अर्जुन कुमालले भने ४० रन बनाए।क्यानडाका लागि निखिल दत्त, शाहिद अहमदजाई र अन्मोर खालिदले २–२ विकेट लिए।
पहिले ब्याटिङ गरेको क्यानडा-११ ४९.४ ओभरमा २४० रनमा अलआउट भयो।क्यानडाका लागि श्रेयास मोभ्भाले ६८ र नवनित धालिवालले ४६ रन बनाए।
नेपालका लागि साहब आलमले ३, शेर मल्ल र रासिद अब अन्तिम खेल बिहीबार हुनेछ ।२–२ तथा सागर ढकाल र बसिर अहमदले विकेट लिए।अब अन्तिम खेल बिहीबार हुनेछ ।
Discussion about this post