कञ्चनपुरमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी’ एक जना पक्राउ।

5
SHARES
28
VIEWS

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलौरी नगरपालिका-७ टेडीया बस्ने ४० वर्षीय हरिचन्द्र राना रहेको प्रहरीले जनाएको छ ।

रानाले ती महिलालाई माघ २३ गते बेलौरी नगरपालिका-७ पौलाहस्थित उखुबारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार