काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जीतका लागि १३८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा शनिबार जारी खेलको ३९ ओभरको समाप्तिमा सबै विकेटको गुमाएर नेदरल्याण्ड्सले १३७ रन बनाएको हो।
नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डसले सर्वाधिक ३३ रन बनाए। त्यसैगरी बास डे लिडले २७ रन, साइब्रान्ड एंगलब्रेक्टले २३ रन,नोआह क्रोसले १२ रन, आर्यन दत्त र म्याक्स ओ’डाउडले १०/१० रन बनाए। काइल क्लेनले ११ रन बनाउँदै अविजित रहे । अन्य खेलाडिले दोहोरो अंक बनाउन सकेनन्।टस जितेर बलिङ गरेको नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट, ललित राजबंशीले २ विकेट, सोमपाल कामी र रोहित पौडेलले समान १/१ विकेट लिए। उत्कृष्ट फिल्डिङ गर्दै खेलमा भीम सार्की र ललित राजबंशीले एक जनालाई र कुशल मल्लले एक खेलाडीलाई रन आउट गराएका थिए।
Discussion about this post