प्रहरीका सहायक हवल्दार झाँक्रीलाई पेस्तोल दिने हवल्दार निलम्बित।

9
SHARES
51
VIEWS

काठमाडौँ । दाङमा आफ्नी श्रीमतीको हत्या गरेका प्रहरीका सहायक हवल्दार यमबहादुर झाँक्रीलाई पेस्तोल दिने हवल्दार निलम्बित भएका छन् ।

यमबहादुरले बिहिबार साँझ घोराहीस्थित दामोदर चोकमा ड्युटीमा खटिएकी पत्नि प्रहरी जवान धनमाया थापालाई गोली प्रहार गरि हत्या गरेका थिए । धनमायालाई उनले ३ राउण्ड गोली प्रहार गरेका थिए ।

धनमायाले अदालतमा सम्बन्ध बिच्छेद गरिपाऊँ भनेर ‘फिराद पत्र’ दर्ता गरेपछि यमबहादुरले गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

सहायक हवल्दार झाँक्री कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत छन् । उनले हत्या गर्ने ‘योजना’ बनाएर नै तालिम केन्द्रबाट पेस्तोल लगेको पाईएको छ ।

यमबहादुरले जिन्सीमा कार्यरत हवल्दारलाई फकाएर पेस्तोल लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनले जिन्सी शाखाका हवल्दार विमल थापासग पेस्तोल लगेका थिए । नियमविपरित हतियार जिम्मा दिएको भेटिएपछि हवल्दार थापालाई निलम्बन गरिएको छ । प्रहरी तालिम केन्द्र नेपालगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुशीलसिंह राठौरले उनलाई निलम्बन गरेका हुन् ।

यसबारे थप अनुसन्धान भईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार